राष्ट्रियसभा निर्वाचन : १९ मध्य १८ गठबन्धनका उम्मेदवार विजयी
काठमाडौँ / राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनले कुल १९ सिट मध्ये १८ सिटमा विजयी हासिल गरेको छ । प्रदेश १ मा भने एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भए । कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार महिला क्लस्टरमा नेपाली काँग्रेसका दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता / अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खस आर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी भए ।
गण्डकी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रबाट उम्मेदवार भएका सुरेशकुमार आले मगर, महिलातर्फ नेपाली काँग्रेसका कमला पन्त र दलिततर्फ माओवादी केन्द्रका भुवनबहादुर सुनार विजयी भए ।
यसै गरी बाग्मतीबाट सत्तारूढ गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिम्सिना विजयी भए ।
लुम्बिनी प्रदेशबाट गठबन्धनको तर्फबाट नेपाली काँग्रेस उम्मेदवार युवराज शर्मा ,नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्मा विजयी भए ।सुदूरपश्चिम प्रदेशबाट नेपाली काँग्रेसका नारायणदत्त मिश्र ,माओवादी केन्द्रका जगत पार्की र एकीकृत समाजवादीकी गरिमा शाह विजयी भए । यसै गरी मधेस प्रदेशबाट माओवादी केन्द्रका उर्मिला अर्याल र जनता समाजवादी( महमद खालिद विजयी भए ।
प्रदेश १ बाट नेपाली काँग्रेसका गोपाल बस्नेत र एकीकृत समाजवादीकी जयन्ती राई विजयी भए ।