नेपाल जाँदै हुनुहुन्छ ? कृपया यो सुचना पढ्न नछुटाउनु होला

Getting your Trinity Audio player ready...
|
अमेरिका । काठमाडौं स्तिथ त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट नेपाल फर्कने यात्रुले सुविधा भन्दा बढी परिमाण र स्वरुपमा सामाग्री लैजाने गरेको भन्दै त्यस तर्फ सचेत गराएको छ ।
त्रिभुवन विमानस्थल हुँदै विदेशबाट नेपाल प्रसेव गर्ने यात्रुको नाममा सार्वजनीक सूचना जारी गर्दै विमानस्थल भन्सार कार्यालयले कतिपयले अपरिचित व्यक्तिले ललाई फकाई सामाग्री पठाउने गरेको भनी बयान दिने गरेको भन्दै त्यस तर्फ आफ्नो गम्भिर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ ।
विमान स्थल भन्सार कार्यलयले कानुनले व्यवस्था गरेको भन्दै जारी गरेको सुचनामा व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्राम सम्म लैजान पाइने भनेको छ । ५० ग्राम भन्दा थप दुई सय ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने र सो भन्दा बढी परिणाम ल्याएमा जफत हुने भनेको छ ।
यस्तै ट्यावलेट, मोवाईल फोन, ल्यापटप एक एक थान भन्दा बढी भएमा भन्सार लाग्ने तथा मदिरा एक लिटर भन्दा बढी भएमा जफत नै हुने उल्लेख गरेको छ।
विदेशबाट नेपाल आउने कतिपय यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाईफकाई कुनै मालवस्तु आफन्तलाई पुर्याईदिन भनी अनुरोध गर्ने तर त्यस्ता समाग्रीमा सुन, चाँदी तथा अन्य अवैध बस्तु राखेको फेला परेको भन्दै त्यस तर्फ सतर्क रहन भनेको छ ।
अर्थ मन्त्रालयको मालबस्तु निकासी र पैठारी सम्बन्धी सूचना २०७७ सम्वन्धी पूर्ण सुचना चाहिएमा यो लिङ्कमा जानु होला ।