सुधिर राना जससम्पर्क समिति फ्रान्सको सभापतिमा पुन निर्वाचित
अमेरिका । सुधीर कुमार राना नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापति चयन भएका छन् । भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनले नेपालमा स्थायी घर बर्दिया भएका रानालाई सभापतिमा निर्विरोध चयन गरेको हो । राना दोस्रो पटक अध्यक्ष चयन भएका हुने ।
अधिवेशनले प्रथम उपाध्यक्ष इन्द्र बस्नेत र द्दितीय उपाध्यक्ष कृष्ण गुरुङलाई चयन गरेको छ । महामन्त्रीमा बिकास केसी र कोषाध्यक्ष टिकाराम सापकोटा सर्वसम्वत भएका छन् । यस्तै सह महामन्त्रीमा सुजनराज भट्ट, सह कोषाध्यक्षमा विराज मल्ल चयन भए । सदस्यहरुमा मैया कटुवाल (जीता), सुशील भण्डारी, नवराज बगाले, सुदिप कंडेल र रंजित भट्ट चुनिएका छन् ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभाग गोविन्द भट्टराई प्रमुख आतिश्यमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, जनसम्पर्क फ्रान्सका सस्थापक अध्यक्ष निर्मल अर्याल लयायतको उपस्थिति थियो । जनसम्पर्क समिति फ्रान्सको निर्वाचन समितिका संयोजक तप्त भण्डारी, सदस्यमा सुवर्ण बिक्रम हमाल र बिष्णु सारु मगर रहेका थिए ।