कुलमान ४ वर्षको लागि नियुक्त
२७ साउन, रौतहट । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षको लागि कुलमान घिसिङ नियुक्त भएका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकले गरेको निर्णय अनुसार बुधबार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर कुलमान नियुक्ति लिएका हुन् ।
उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।