देउवाले निजी निवासमा बोलाए कांग्रेस शीर्ष नेताहरुको बैठक
२७ साउन, रौतहट । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष तहका नेताहरुको बैठक बोलाएका छन् ।
बुधबार देउवाले आफ्नै निजी निवास बूढानीलकण्डमा बैठक बोलाएका हुन् ।
साउन २८ गते (बिहीबार) बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा छलफल गर्नेका लागि बोलाइएको बैठकमा पूर्वपदाधिकारीलाई समेत बोलाइएको छ ।
Text Bold