प्रतिनिधिसभामा सम्बोधन गर्दै; ओली
२६ साउन, रौतहट । आज बोलाइएको प्रतिनिधिसभा बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । दुई पटक विघटन गरेको प्रतिनिधिसभा आज दिउँसो १ बजे केपी ओलीले सम्बोधन गर्ने भएको हो ।
पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेपनि सर्वोच्च अदालतले दुवैपटक प्रतिनिधिसभा पुनस्र्थापना गरेको आदेश दिएको थियो ।
सर्वाेच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा पुनस्र्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने परमादेश जारी गरेको थियो ।
अदालतको परमादेश आएसंगै ओली पदमुक्त भएका थिए ।