स्रोत नखुलेको ९१ लाख नगदसहित ४ जना पक्राउ
२७ साउन, रौतहट । स्रोत नखुलेको अवैध रकमसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाल लगायत चार जना रहेका प्रहरीले जनाएको छ ।
काठमाडौँको महानगरपालिका २२ गडवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिमा अवैध रकम संकलन गरी राखिएको गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार दिउँसो नै छापा हान्दाँ ९१ लाख ९६ हजार नगद बरामद गरेको प्रहरीले जनाए ।
पक्राउ परेका चारै जनालाई आवश्यक थप अनुसन्धानका लागि सम्पति शुद्दीकरण अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।