नारायण खनालद्वारा नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिवमा उम्मेदवारी घोषणा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकाको क्यालिफोर्निया निवासी नारायण खनालले नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित भातृ संगठन हो । नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन अगस्ट १४ देखि १६ सम्म भर्जिनियामा हुने तय भएको छ ।
जय नेपाल !
”विश्वासको आधार, संगठनको बल भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै हाम्रो साझा संस्थालाई अझ सुदृढ, पारदर्शी, उत्तरदायी, प्रविधिमैत्री र गतिशील बनाउन म पूर्ण रूपमा समर्पित छु ।” खनालले शुक्रवार उम्मेदवारी घोषणा गर्दै भनेका छन् ।
उनले पदलाई प्रतिष्ठा नबनाए पनि दाबी गरेका छन् ।
’मेरो लागि पद प्रतिष्ठा होइन, जिम्मेवारी र सेवाको माध्यम हो। संगठनको सुदृढीकरण, प्रवासमा रहेका सम्पूर्ण नेपाली समुदायको हक-हित र लोकतन्त्रको रक्षाका लागि मेरो निरन्तर योगदान रहनेछ।’ खनालले भनेका छन्।
जनसम्पर्क अमेरिकाको महाधिवेशन १२ वर्ष पछि हुन लागेको हो । खनालले आफ्नो प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । उनले सुदृढ र गतिशील संगठन, पारदर्शी र प्रविधिमैत्री सचिवालय, सदस्यता विस्तार र समावेशीकरण, समुदायसँग सहकार्य र सांस्कृतिक संरक्षणलाई जोड दिएका छन्।
नारायण खनाल राजनीतिक यात्रा र ऐतिहासिक योगदान
· नेपालमा प्रजातन्त्रको संस्थागत विकास र लोकतन्त्रको पुनःस्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूमा सक्रिय सहभागिता जनाउँदै राजनीतिक सङ्घर्षका क्रममा पटक-पटक हिरासत जीवन व्यतीत।
· नेपालको लोकतान्त्रिक व्यवस्था, संविधानको रक्षा तथा नेपाली कांग्रेसको सिद्धान्त, आदर्श र मूल्य-मान्यताको संरक्षण एवं प्रवद्र्धनका लागि प्रवासबाट निरन्तर सक्रिय योगदान।
· नेपाली जनसम्पर्क समितिको संगठन विस्तार, सुदृढीकरण र उद्देश्य प्राप्तिका लागि निरन्तर क्रियाशील।
अमेरिका (क्यालिफोर्निया) मा सामाजिक तथा साङ्गठनिक नेतृत्व
· अनुभवी साङ्गठनिक नेतृत्व: नेपाली जनसम्पर्क समिति, नर्दन क्यालिफोर्नियाको कार्यवाहक सभापतिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै संगठनलाई सक्रिय, गतिशील र एकताबद्ध बनाउने नेतृत्व।
· भाषा र संस्कृतिको संरक्षण: क्यालिफोर्नियामा नेपाली बालबालिकालाई मातृभाषा, संस्कृति र पहिचानसँग जोड्न नेपाली भाषा कक्षा सञ्चालनमा नेतृत्वदायी भूमिका।
· नेपाली कम्युनिटी सेन्टर निर्माणमा योगदान: नेपाली समुदायको साझा घर “नेपाली कम्युनिटी सेन्टर” स्थापना र विकासमा सक्रिय सहभागिता।
· निरन्तर सामाजिक सेवा: अमेरिकामा रहेका नेपाली समुदायका सुख-दुःख, सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय सहभागिता र सेवा।
मेरा प्रमुख प्रतिबद्धताहरू
१. सुदृढ र गतिशील संगठन
· नियमित कार्यसमिति बैठक सञ्चालन गरी निर्णयहरूको समयमै कार्यान्वयन गर्ने।
· वार्षिक कार्ययोजना र कार्यतालिका सार्वजनिक गर्ने।
· बैठकका निर्णय, अभिलेख तथा दस्तावेजलाई व्यवस्थित र संस्थागत बनाउने।
२. पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री सचिवालय
· सचिवालयलाई छरितो, व्यवस्थित र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने।
· सदस्य तथा कार्यकर्ताले आवश्यक सूचना सहज रूपमा प्राप्त गर्ने व्यवस्था मिलाउने।
· निर्णय, सूचना र गतिविधि समयमै सार्वजनिक गर्ने।
३. सदस्यता विस्तार र संगठन सुदृढीकरण
· प्रभावकारी सदस्यता विस्तार अभियान सञ्चालन गर्ने।
· सदस्यहरूको विवरण अद्यावधिक गरी डिजिटल अभिलेख तयार गर्ने।
· युवा, महिला तथा नयाँ पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने।
४. प्रविधिको प्रभावकारी उपयोग
· आधुनिक डिजिटल डाटाबेस निर्माण गर्ने।
· अनलाइन बैठक, अभिलेख र सूचना प्रणालीलाई व्यवस्थित गर्ने।
· सामाजिक सञ्जाललाई संगठनको प्रभावकारी सञ्चार माध्यमका रूपमा विकास गर्ने।
५. समुदायसँग सहकार्य र सामाजिक उत्तरदायित्व
· अमेरिकामा रहेका नेपाली समुदायका समस्या पहिचान गरी समाधानका लागि सक्रिय पहल गर्ने।
· विभिन्न राज्यमा रहेका नेपाली संघ-संस्थासँग सहकार्य र समन्वय विस्तार गर्ने।
· सामाजिक, सांस्कृतिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने।
६. लोकतन्त्र र कांग्रेसको विचार प्रवद्र्धन
· नेपाली कांग्रेसका सिद्धान्त, लोकतान्त्रिक मूल्य-मान्यता र राष्ट्रिय हितका पक्षमा प्रवासबाट सशक्त भूमिका निर्वाह गर्ने।
· नेपाल र प्रवासबीच सहकार्यको सेतु निर्माण गर्दै लोकतन्त्र, विकास र समृद्धिका अभियानमा सक्रिय रहने।














