सर्वोच्च अदालतद्वारा ओलीलाई रिहाइ गर्न अस्वीकार
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ ।
रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो ।
अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ ।
रिहा गर्न माग गर्दै पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो ।















