आइसको बजेटमा अभूतपूर्व वृद्धि: अमेरिकी कानून प्रवर्तन एजेन्सीहरूमा सबैभन्दा बढी बजेट
वाशिङ्टन / विगत १० वर्ष अघिसम्म, अमेरिकी आप्रवासन तथा भन्सार सुरक्षा एजेन्सी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस) को वार्षिक बजेट ६ अर्ब डलरभन्दा कम थियो।
यो डिपार्टेमन्ट अफ होमल्याण्ड सेक्युरेटी (डिएचएस) भित्रका अन्य एजेन्सीहरू भन्दा पनि उल्लेखनीय रूपमा कम थियो। तर राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा आइसको बजेट अचानक ८५ अर्ब डलर पुगेको छ, जसले यसलाई अमेरिकाका सबैभन्दा बढी बजेट भएको कानून प्रवर्तन एजेन्सी बनाएको छ।
यो अभूतपूर्व वृद्धि वान विग विउटिफुल वील एक्ट मार्फत सम्भव भएको हो, जुन जुलाई २०२५ मा लागू भएको थियो। यसअघि आइसको बजेट लगभग १० अर्ब डलर वरिपरि सीमित थियो।
ट्रम्प प्रशासनको कठोर आप्रवासन नीति र आइसको भूमिका
आइस अहिले राष्ट्रपति ट्रम्पको कठोर आप्रवासन अभियानको प्रमुख एजेन्सी बनेको छ। हजारौँ एजेन्टहरू अमेरिकी समुदायमा परिचालित भई अवैध बसाइँहरू रोक्न, पक्राउ गर्न र डिपोर्ट गर्न सक्रिय छन्।
यद्यपि यस अभियानले धेरै आलोचना पनि झेलिरहेको छ, जस्तै मास्क लगाएका एजेन्टहरूले मानिसहरूलाई अनावश्यक रूपमा रोक्ने, सोधपुछ गर्ने र अपरिचित सवारी साधनमा लैजाने घटनाहरू बढेको जनाइएको छ।
आइसको बजेट वृद्धि र मिशन विस्तार
आइसको अहिलेको वृद्धि दुई दशकभन्दा बढी समयसम्म सीमित बजेट पछि आएको हो। सन् २००३ मा आइस यूएस कस्टम सर्भिस र इमिग्रेशन एण्ड नेच्युरलाइजेशन सर्भिसको विलयबाट स्थापना भएको थियो।
२०१५ मा कांग्रेसले ५.९६ अर्ब डलरको बजेट स्वीकृत गरेको थियो।
२०१९ मा बाइडेन प्रशासनले टाइटल ४२ हटाएपछि, आप्रवासीहरूको संख्या ३.२ मिलियनभन्दा माथि पुगेको थियो। २०२५ मा ट्रम्पको दोस्रो कार्यकालमा आइसलाई शक्तिशाली बनाउने उद्देश्यसहित डिपोर्टेसन अभियान सुरु भयो।
नयाँ कानुनअनुसार आइसलाई ७५ अर्ब डलरको अतिरिक्त कोष उपलब्ध छ, जुन चार वर्षसम्म खर्च गर्न सकिनेछ। यससँगै आधारभूत बजेट १० अर्ब डलर छ। यस हिसाबले आइसले वार्षिक रूपमा २९ अर्ब डलरको बजेट प्रयोग गर्न सक्नेछ।
आइसका लागि यो बजेटले वर्षेनी १ मिलियन व्यक्तिलाई डिपोर्ट गर्ने लक्ष्य राख्न सम्भव बनाएको छ। होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमका अनुसार, नयाँ बजेटले आइस लाई दैनिक १ लाख व्यक्तिलाई हिरासतमा राख्न सक्षम बनाउँछ।
भर्ती अभियान र कर्मचारी वृद्धि
२०२५ मा आइसले आफ्ना एजेन्टहरूको संख्या १० हजार बाट २२ हजारमा वृद्धि गरेको छ। यसका लागि दुई लाख भन्दा बढी आवेदन प्राप्त भएका थिए। भर्ती प्याकेजमा ५ वर्षे कार्यकालमा ५० हजार डलर सम्मको साइनिङ बोनस र ६० हजार डलर सम्मको विद्यार्थी ऋण माफी समावेश गरिएको थियो।
अहिले पनि आइसले कम्तीमा २५ अमेरिकी शहरहरूमा डिपोर्टेशन अफिसरहरू भर्ती गर्दैछ। प्रारम्भिक तलब ५१–८४ हजार डलर रहेको छ जनाइएको छ।
२०२५ मा ट्रम्प प्रशासनले १.६ मिलियन आप्रवासीहरूको कानुनी स्थिति रद्द गरेको थियो, जसले आइसको डिपोर्टेशन मिशनलाई अझ महत्त्वपूर्ण बनाएको छ।
विभिन्न एजेन्सीहरूको सहयोगमा

















