सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।
मङ्गलवार छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य बुधवार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
मङ्गलवार तोलामा ४ हजार २ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार बढेर तोलामा ४ हजार ४२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।














