घाँस लिन गएका तिन बालिका जमेको पानीमा डुबेर मृत्यु

Getting your Trinity Audio player ready...
|
दिपेश पौडेल
रौतहट । रौतहटको गौरमा घाँस लिन गएका तिन बालिकाको बाढीको जमेको पानीमा डुबेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार सात जनाको समूहमा गौरतर्फ घाँस लिन आउँदै गर्दा उनीहरू बाढीको पानीमा डुबेका थिए ।
डुबेका मध्ये चार जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको हो ।
राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामकुमार महतोले बताए । उनका अनुसार गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा उनीहरू डुबेका हुन।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी उनीहरूको खोजी गरेको थियो । अहिले मृतको तिन बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।
नेपाल न्युज बैक