जेन जीहरूबिच नै एक आपसमा लफडा, कुटपिटमै उत्रिए
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । सामाजिक सञ्जालमा जेन जीका अलग–अलग समूहहरू देखिदा उनीहरूबिच नै लफडा भइरहेको छ ।
बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबिच नै एक आपसमा झडप भएको छ ।
अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबिच नै विवाद भएको हो ।
अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह आदीको नाम छ ।
कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाब सुरु भएको हो । मनमुटाबपछि सडकमै कुटाकुट भएको थियो ।








