मनोहराको सुकुम्वासी बस्तीमा महानगरले चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाएको छ ।
शुक्रबार नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्वासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरू भत्काएको हो ।
बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्वासीहरूले ढुंगामुढा प्रहार समेत गरेका थिए ।
काठमाडौं र भक्तपुरको सिमाना पर्ने मनोहरा खोला किनारको सुकुम्वासी बस्तीमा अवैध रुपमा नयाँ घरहरूमा बनाइएको थियो ।
व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो । व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर चलाएको हो ।














