अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरू सम्मानित र सुरक्षित हुनुपर्छ : अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरूले सम्मानित र सुरक्षित ढङ्गले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरूले सम्मानित र सुरक्षित ढङ्गले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै सरकारको त्यसतर्फ ध्यान गएको बताए ।
उनले भने,‘हामी के चाइरहेका छौ भने देशभित्र रोजगारीका अवसर सिर्जना गर्ने भन्ने हो । र नेपाल अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहेको छन् । जाने अवस्था छ । त्यो अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरूले सम्मानित र सुरक्षित ढङ्गले श्रम बजारमा उहाँहरूले आफ्नो उपस्थिति जनाउनसक्ने खालको परिस्थिति निर्माण गर्नुपर्छ भन्ने पक्षमा सरकार छ ।’
त्यस्तै उनले वैदेशिक रोजगारीबाट सीप र पुँजी बोकेर फर्कने नेपालीहरूको लागि सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्ने खालको आधार निर्माण गर्नुपर्ने पनि धारणा राखे ।