क्यालिफोर्नियाबाट ठूलो मात्रामा लागूऔषध फेन्टानाइल गोटी बरामद

Getting your Trinity Audio player ready...
|
ओटाय मेसा, क्यालिफोर्निया । अमेरिकाको सिमा सुरक्षा निकाय सीबीपले ठूलो मात्रामा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सीबीपीले २१५.११ पाउण्ड फेन्टानाइल गोटी बरामद गरेका हुन् ।
एक सवारीसाधनमा लुकाइ छिपाई राखेको अवस्थामा फेला पारेको क्यालिफोर्नियाका सबीपी अधिकारीले बताए ।
नोभेम्बर २४ का दिन राति करिब २ः२५ बजे, ओटाय मेसा पोर्ट अफ इन्ट्रीमा मेक्सिकोबाट अमेरिका प्रवेशका लागि आएका एक ३१ वर्षीय व्यक्तिको २००८ मोडेलको एसयूभी गाडीलाई कुकुरहरूको सहयोगमा जाँच गर्दा लागुऔषध भेटिएको हो ।
सुरक्षाकर्मीहरूले प्रारम्भिक जाँचपछि गाडीलाई थप निरीक्षणका लागि दोस्रो जाँच क्षेत्रमा पठाएका थिए । गैर–आक्रामक निरीक्षण प्रविधिको प्रयोग गर्दा गाडीका विभिन्न भागमा शंका लाग्ने गतिविधि देखिएपछि खोजी गर्दा पछाडिको भाग, स्पेयर टायर, र गाडीका ढोकाबाट ३० वटा प्याकेट फेला परेका थिए । ती प्याकेटमा फेन्टानाइल भएको पुष्टि भएको थियो ।
‘फेन्टानाइल एउटा अत्यन्तै घातक लागुऔषध हो, जसले अमेरिकाको दक्षिणी सीमालाई निरन्तर चुनौती दिइरहेको छ ।’ ओटाय मेसा पोर्ट अफ इन्ट्रीकी पोर्ट निर्देशक रोजा हेर्नान्डेजले भनिन् । ‘हाम्रो अधिकारीहरूले दैनिक रूपमा यस्तो खतरासँग जुझ्दै यी घातक लागुऔषध नियन्त्रणमा लिन गरेको साहसपूर्ण कार्यलाई म प्रशंसा गर्छु ।’
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि होमल्यान्ड सेक्युरिटी इनभेस्टिगेसन (एचएसआई) को जिम्मा लगाइएको छ । बरामद लागुऔषध र गाडीलाई सीमा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् ।