अमेरिकास्थित नेपाली दूतावास र नेपाली संस्थासँग माको अन्तर्क्रिया सम्पन्न
पेन्सिल्भेनिया/ मधेशी एसोसिएसन इन अमेरिका (मा) ले अक्टोबर ११, २०२४ शुक्रवार नेपाली संघसंस्था र अमेरिकास्थित नेपाली राजदूतावाससँग विजयादशमी, दीपावली तथा छठ पूजाको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको सभापतित्वमा माका अध्यक्ष डा संगित रौनियारको रहेका थिए भने प्रमुख अतिथि अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत कुमारराज खरेल थिए ।
मा द्वारा जारी विज्ञप्ती अनुसार भर्चुअल मार्फत गरिएको कार्यक्रमको सञ्चालक माका वरिष्ठ उपाध्यक्ष मनोज सिंहले गरेका थिए र कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेर सुरु भएको थियो । त्यसपछि नेपालको राष्ट्रिय गान बजाइएको थियो । त्यसपछि माका महासचिव श्रीमती शशी शाहले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा विशेष अतिथि माका संस्थापक अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अमेरिकाका पूर्व अध्यक्ष सुनील साह थिए । कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडे, माका बोर्ड अफ ट्रस्टी (बीओटी)का संस्थापक अध्यक्ष डा विनोद शाह, मा बीओटीका अध्यक्ष डा विप्लव यादव, नेपाली जनसम्पर्क समिति का अध्यक्ष आनन्द विष्ट थिए।
यस्तै प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष श्रीकृष्ण लामिछाने, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका-फिप्ना का अध्यक्ष तोरण गुरुङ, एसोसिएसन अफ नेपाली इन अमेरिका (एएनए)का अध्यक्ष खगेन्द्र अधिकारी, मा बोर्ड सदस्य र थारु एण्ड फ्रेन्ड्स एसोसिएसन इन अमेरिकाका अध्यक्ष सुरेन्द्र चौधरी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) का अध्यक्ष सुबोध पन्थ, मा पूर्व अध्यक्षहरू राम नरेश पाण्डे र शत्यन्द्र साह, मा बीओडी सदस्य डा. जयप्रकाश (जेपी) साह लगायतले दशैं र आगामी चाडहरू दीपावली/तिहार र छठ पूजाको शुभकामना व्यक्त गरे।
साथै, उनीहरुले टेक्सास र क्यालिफोर्नियामा कन्सुलर कार्यालयको बारेमा नेपाल सरकारको निर्णयको प्रशंसा गर्दै यसका लागि वकालत गर्ने संयुक्त राज्य अमेरिकास्थित नेपाली दूतावास र संस्थाका नेताहरूलाई धन्यवाद दिए।
नेपालका कार्यवाहक राजदूतले अमेरिकामा रहेका नेपालीको हितमा दूतावासले सधैं काम गरिरहेको दोहोर्याउदै सबैलाई सुझाव र प्रतिक्रिया दिन आग्रह गरे । उनले यस कार्यक्रम मार्फत संयुक्त राज्य अमेरिकामा रहेका प्रमुख नेपाली संघसंस्था र राजदूतावासलाई एउटै मञ्चमा ल्याएकोमा कार्यक्रम आयोजना गरेकोमा माको प्रशंसा गरे । यस किसिमको कार्यक्रम आयोजना गरेकोमा माको प्रयासको पनि संस्थाका अगुवाहरुले प्रशंसा गरेका छन् ।
मा अमेरिकामा नेपाली मधेसीहरूको एक गैर-लाभकारी र गैर-राजनीतिक संस्था हो जसले मधेशीहरूको पहिचान र संस्कृतिलाई बढावा दिन्छ र संयुक्त राज्य अमेरिकामा मधेशीहरू बीच नेटवर्कको लागि एक प्लेटफर्मको रूपमा सुविधा दिन्छ। यसले संयुक्त राज्य अमेरिका र विदेशमा रहेका अन्य नेपाली र गैरनेपाली संस्थाहरूसँग पनि समुदायका लागि काम गर्न समन्वय गर्दछ।
समापन मन्तव्यमा डा. संगित रौनियारले विजयादशमी, दीपावली र छठ पूजाको सबैमा शुभकामना व्यक्त गरे। उनले निमन्त्रणा स्विकार गरी कार्यक्रममा सहभागी हुने सबै पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्दै यसका लागि एमाओ कृतज्ञ रहेको बताए ।
उनले चाडपर्व/कार्यक्रमको महत्व र यसले भावी पुस्ताका लागि हाम्रो संस्कृतिलाई कसरी प्रवर्द्धन गर्छ भन्ने कुरामा जोड दिँदै अमेरिकामा रहेका नेपालीहरूबीच सद्भाव र एकता अभिवृद्धि गर्ने अवसर प्रदान भएको विचार राखे।
‘हाम्रो साँस्कृतिक पृष्ठभूमि विविध छ र हाम्रो सौन्दर्य भनेको हामी एकताबद्ध छौं ।’ यही सन्देश कार्यक्रमले दिएको उनले बताए।
रौनियारले आफुहरुको उद्देश्य समुदायको सेवा गर्नु रहेको र समुदायको लागि काम गर्न अन्य नेपाली संघसंस्थाहरूसँग सहकार्य गर्न विगतमा जस्तै मा सदैव तत्पर रहेको बताउँदै बैठकको समापन गरेका थिए।















