नेपाल र अमेरिकाबीच टिफामा, द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल
काठमाडौ । नेपाल र संयुक्त राज्य अमेरिका बीचको व्यापार तथा लगानी ढाँचा सम्झौता परिषद् (टिफा)को सातौँ बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।
यस बैठकमा अमेरिकाको दक्षिण र मध्य एशियाका लागि सहायक अमेरिकी व्यापार प्रतिनिधि ब्रेंडन लिंचको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल र नेपालका उच्च प्रतिनिधिहरूले सहभागिता जनाए ।
बैठकमा दुवै देशका वस्तु र सेवाहरूमा द्विपक्षीय व्यापार र लगानी विस्तारका विभिन्न पक्षहरूबारे छलफल भएको अमेरिकी राजदूतावासले एक वक्तव्यमा जानकारी गराएको छ ।
सन् २०११ मा प्रारम्भ भएको टिफा छलफलले २०१५ को विनाशकारी भूकम्पपछि नेपालका हस्तकला, शल, र यात्रा सामग्रीहरू जस्ता ७७ हार्मोनाइज्ड ट्यारिफ शेड्यूलमा समावेश गरिएका उत्पादनहरूलाई अमेरिकी बजारमा ड्युटी–फ्री पहुँच उपलब्ध गराउने कार्यक्रम स्थापना गरेको थियो।
मस्कले बाइडेन र ह्यारिस बारेको स्ट्याटस हटाए
राजदूतावासले नेपाल र अमेरिका बीचको व्यापार वृद्धि र नेपालको अर्थतन्त्रलाई सशक्त बनाउन निरन्तर सहकार्य भइरहेको उल्लेख गर्दै, नेपाललाई मध्यम–आय भएको देशमा स्तरोन्नति गराउने र आपसी समृद्धि प्रमुख प्राथमिकता भएको बताएको छ ।
यो बैठकले नेपाल र अमेरिकाबीच व्यापारिक सम्बन्धलाई थप मजबुत पार्दै, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँचलाई विस्तार गर्ने अपेक्षा गरिएको छ ।















