हिमालयन तेक्वान्दो ह्यारिसबर्गका थप तीन जनालाई ब्ल्याक बेल्ट

ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ हिमालयन तेक्वान्दो ह्यारिसबर्गका थप तीन जनाले ब्ल्याक बेल्ट पाएका छन्। हिमालयन तेक्वान्दो पेन्सिल्भेनिया नेपाली- नेपाली भाषी भुटानी समुदायमा स्थापना भएको पहिलो स्कुल हो।
मास्टर नकुल शर्मा र उनकी श्रीमती पुनम दुलालले सन् २०१८ मा स्कुल स्थापना गरेका हुन्। त्यस पछि यो क्षेत्रमा आधा दर्शन तेक्वान्दो स्कुल सञ्चालनमा छन्।
हिमालयन तेक्वान्दोका ४३ वर्षीय याम विष्ट, १३ वर्षका दिया भारती र सौगात सारुले शनिवार आयोजित दीक्षान्त समारोहमा ब्ल्याक बेल्ट पाएका हुन्।
उनीहरूले निर्धारित परीक्षा पुरा गरे पछि ब्ल्याक बेल्ट दिइएको प्रमुख प्रशिक्षक मास्टर नकुल शर्माले समाज टाइम्सलाई बताए।
मास्टर शर्माका अनुसार उनको स्कुलबाट शनिवार ब्ल्याक बेल्ट लिने छैटौँ ब्याच हुन्। यो सँगै उनको स्कुल बाट ब्ल्याक बेल्ट लिनेको संख्या ४५ जना पुगेको छ। यस अगाडि ४२ जनाले ब्ल्याक बेल्ट लिइसकेका छन्।
शनिवार नै १२ जनाले ब्ल्याक बेल्ट प्रिलिमिलरी टेष्ट पास गरेका छन्।
हिमालयन तेक्वान्दो ह्यारिसबर्गको आफ्नै भवनमा शनिवार आयोजित दीक्षान्त समारोहमा भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग बीसीएचका अध्यक्ष तिलक निरौला, त्रिवेणी साहित्यिक मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले खेलाडीलाई बधाई तथा शुभ कामना दिएका थिए।