चोटपछि अमेरिकन लिग सकरमा मेसीको उत्कृष्ट कमब्याक
पेन्सिल्भेनिया। लियोनेल मेसीले आफ्नो चोटबाट फर्केपछि एकदमै प्रभावशाली प्रदर्शन गरेका छन्। अमेरिकन लिग सकर अन्तर्गतको खेलमा इन्टर मियामीले फिलाडेफियालाई ३-१ गोल अन्तरले पराजित गर्दा मेसीले दुई गोल गरेर आफ्नो कमब्याकलाई विशेष बनाए।
मेसीले खेलको २६औं र ३०औं मिनेटमा गोल गरे, जसले इन्टर मियामीलाई खेलमा नेतृत्व दिलायो। यो मेसीको इन्टर मियामीको लागि पहिलो खेल भएको छ जुन उनले गत जुनमा खेलेका थिए।
इंटर मियामीको तेस्रो गोल लुइस स्वरेजले गरे, जसले एक गोल असिस्ट समेत गरे। खेलको दोस्रो मिनेटमा फिलाडेफियाले मिकाएल उह्रेको गोलबाट शुरुवाती अग्रता लिएका थिए, तर त्यसपछि इन्टर मियामीले खेलमा पूर्ण नियन्त्रण स्थापित गर्यो।
यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २८ खेलमा ६२ अंक भएको छ र उनीहरू लिगको शिर्ष स्थानमा छन्। जबकि फिलाडेफियाको २८ खेलमा ३० अंक रहेको छ र लिगमा ११औं स्थानमा छ।