कालु सिंह मोमोरियल च्याम्पियनसिप : पिटर्सवर्ग र रिभाइवल सेमिफाइनलमा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ आठौँ कालु सिंह मोमोरियल च्याम्पियनसिप २०२४ को समूह चरणका खेल सकिएका छन्। अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्ग स्थित स्काइलाइन स्पोर्ट्स कम्प्लेक्सको मैदानमा शनिवार नौं टिमबीच भएको समूह चरणबाट चार टिमले अन्तिम ६ मा स्थान पक्का गर्दा दुई टिम बाइ पाएर सिँधै अन्तिम चारमा पुगेका छन्।
भुटानी राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी कालु सिंह तामाङको स्मृतिमा आयोजित च्याम्पियनसिको आठौ संस्करणको
अन्तिम आठमा बेल्जियम भेट्रान्सले मिनिसोटा र न्यु योर्कका खेलाडी सम्मिलित युबिएससीसँग खेल्नेछ। अर्को क्वार्टरफाइनलमा ह्यारिसबर्ग भेट र कोलम्बस भेटबीच खेल हुनेछ।
ह्यारिसबर्गकै एफसी रिभाइवल र पिटर्सवर्ग डाइनामो भने क्वार्टरफाइनलमा बाइ पाउँदै सेमिफाइनलमा छन्। रिभाइवलले पहिलो क्वार्टरफाइनलको विजेता र पिटर्सवर्गले दोस्रो क्वार्टरफाइनलको विजेतासँग खेल्नेछ। फाइनलसहित सबै खेल आइतबार हुनेछन्।
शनिवार बिहानैदेखि लागेको चर्को घामले तापक्रम बढिरहँदा समूह चरणका ९ खेल सकिए।
पेन्सिलभेनिया राज्य प्रतिनिधि तथा डेमोक्याट्रिक पार्टीकी सेनेटरकी उम्मेदवार प्याटी किमले उद्घाटन गरेको च्याम्पियनसिपको पहिलो खेलमा युबिएससीले जर्जिया पिच स्टेटमाथि ३-० गोलको जित निकाल्यो।
समूह ‘ए’ को जर्जियाले दोस्रो खेलमा ह्यारिकबर्गको एफसी रिभाइवलविरूद्ध वाकओभर दिएको थियो। समूहको अन्तिम खेलमा रिभाइवलमाथि युबिएससीले १-० को जित निकाल्यो।
समूहबाट युबिएससी र रिभाइवल अर्को चरणमा पुग्दा जर्जिया बाहिरियो।
समूह ‘बी’ मा ह्यारिसवर्ग र कोलम्बसले अघिल्लो स्थान बनाए। कोलम्बसले युनाइटेडलाई २-० र ह्यारिसवर्गलाई १-० गोलले हरायो। युनाइटेडमाथि ४-० को जित निकाल्दै ह्यारिसवर्ग पनि अघिल्लो चरणमा पुग्यो। युनाइटेड भने दुवै खेल हार्दै बाहिरियो।
समूह ‘सी’ बाट पिटर्सवर्ग र बेल्जियमले नकआउट चरणमा स्थान बनाए। पहिलो खेलमा पिटर्सवर्गले बेल्जियमलाई १-० गोलले हरायो। पिटर्सवर्गविरूद्धको खेलमा मैदान उत्रिएको सिन्सिनाटीको सिन्सी राइनो अयोग्य घोषित भयो। निमयविपरित खेलाडी खेलाएको भन्दै आयोजकले सिन्सीलाई आयोग्य घोषित गर्दा पिटर्सवर्ग र बेल्जिमयले अन्तिम आठम स्थान बनाएका थिए।
समूह चरणका ६ खेल सकिएपछि ह्यारिवर्गमा वर्षा हुँदा खेलाडी तथा उपस्थित दर्शकले राहत महसुस गरेका थिए।
च्याम्पियनसिपका थप तस्बिरहरु
र यो पनि…
कालु सिंह मोमोरियल च्याम्पियनसिप : उत्कृष्ट पुनरागमन गर्दै युबिएससीले जित्यो उपाधि
June 24, 2024 @ 12:04 am
[…] […]