पेन्सिल्भेनियाको स्वतारा टाउनसिपले घोषणा गर्यो जुन २२ लाई ‘ग्लोबल तेक्वान्दो एकेडेमी डे’
![gobal gobal](https://samajtimes.com/wp-content/uploads/2024/06/gobal-scaled.jpg)
ह्यारिसबर्ग/ अमेरिकाको पेन्सलभेनियास्थित ह्यारिसवर्ग सहरको स्वतारा टाउनसिपले जुन २२ लाई ग्लोबल तेक्वान्दो एकेडेमी डे घोषणा गरेको छ।
स्वतारा टाउनसिपको बोर्ड अफ कमिसनले ग्लोबल तेक्वान्दो एकेडेमी डे घोषणा गरेको हो।
ग्लोबल तेक्वान्दो एकेडेमीका सञ्चालक तथा मुख्य प्रशिक्षक प्रकाश ढुङ्गानाको नेतृत्वको कदर गर्दै टाउनसिपले उनको कामको सम्मान गरेको हो।
टाउनसिपले ढुङ्गानाले नागरिक तथा समुदायमा दिएको योगदानको कदर गरेका जनाएको छ।
![](https://i0.wp.com/samajtimes.com/wp-content/uploads/2024/06/IMG_4569.jpg?resize=794%2C1024&ssl=1)
ग्लोबल तेक्वान्दो एकेडेमीमा शनिवार आयोजित बेल्ट ग्रेडिङ कार्यक्रममा स्वतारा टाउनसिपका कमिश्नर टम कोलोनीले ग्लोबल तेक्वान्दो एकेडेमी डे घोषणाको पत्र ढुङ्गानालाई हस्तान्तरण गरेका थिए।
यसै गरी भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) ले पनि ग्लोबल तेक्वान्दोको प्रशंसा गरेको छ। बीसीएचका अध्यक्ष तिलक निरौला र कार्यकारी निर्देशक तेज मिश्रद्वारा संयुक्त रूपमा हस्ताक्षरित पत्रमा ग्लोबलले पहिलो ब्ल्याक बेल्ट ग्रेडिङ गरेकोमा पनि बधाई दिएको छ।
![](https://i0.wp.com/samajtimes.com/wp-content/uploads/2024/06/IMG_4570.jpg?resize=797%2C1024&ssl=1)
मुख्य प्रशिक्षक ढुङ्गानाका अनुसार शनिवार भएको बेल्ट ग्रेडिङमा पाँच जनाले ब्ल्याक बेल्ट टेस्ट पास गरेका छन्। यसै गरी १४ जनाले ब्ल्याक बेल्ट प्रिमिनियरी टेस्ट पास गरेका छन्।
यस्तै अन्य विभिन्न बेल्टमा गरी ५४ जनाको ग्रेडिङ थपिएको छ। बेल्ड ग्रेडिङ कार्यक्रममा पेन्सिल्भेनिया राज्य प्रतिनिधि डेभ म्याड्सनले शुभ कामना दिएका थिए।
![](https://i0.wp.com/samajtimes.com/wp-content/uploads/2024/06/IMG_9059.jpg?resize=1024%2C683&ssl=1)