एनआरएनएलाई सर्वोच्चले न्याय दियो, फैसला स्वागत योग्य: सोनाम लामा
काठमाडौँ/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का तत्कालीन उपाध्यक्ष एवं दशौँ महाधिवेशन संयोजक सोनाम लामाले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।
‘एनआरएनएलाई सर्वोच्चले न्याय दियो’ समाज टाइम्स सँग लामाले भने,’यो फैसला स्वागत योग्य छ।’
लामाले अदालतको फैसलाले एनआरएनए अभियानलाई जोगाएको बताए। ‘दशै महाधिवेशन पछि एनआरएनए साह्रै बदनाम भएको थियो, म एनआरएनए हुँ भन्न पनि अप्ठेरो थियो, हुँदै नभएको विवाद संशोधन गरेर तीन तीन जना अध्यक्ष बनाउने काम भयो, त्यस पछि पनि संस्था झन् झन् गिजोलिँदै गएको थियो तर अब एनआरएनए अभियान ट्र्याकमा फर्कन्छ, फर्काउनै पर्छ।’
उनले विवादको जड जे हो त्यहीबाटै नयाँ यात्रा थाल्नु पर्ने बताए। ‘डेलिगेडमा जुन विवाद थियो अब पहिला त्यो संशोधन गर्नु पर्छ, नेतृत्वमा को आउँछ भन्दा पनि संस्था विधि र विधान अनुसार चल्नु पर्छ, व्यक्ति होइन संस्था हेरेर काम गर्नु पर्छ।’
लामाले संस्था, विधि र विधान भन्दा पनि व्यक्ति आफू कसरी जित्ने भन्नेहरू हाबी हुँदा धेरै कुरा बिग्रिएको बताए।
लामाले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का बारेमा पनि छिट्टै सहमति गरिनु पर्नेमा जोड दिए। ‘दशौँ महाधिवेशन पछि भएका आइसीसीका चुनाव नै खारेज भए पछि त्यस पछि बनेका एनसीसी पनि खारेज न हुने भए तर त्यसमा थप छलफल हुनु पर्छ।’ लामाले भने।
नेपालमा मुस्ताङ स्थायी घर भएका लामा दुई दशक देखि अमेरिका व्यवसाय गर्दै आएका छन्। उनी अमेरिका क्षेत्रको आरसी हुँदै आइसीसीको उपाध्यक्ष समेत भइसकेका छन्।