सर्वोच्चको फैसला स्वागतयोग्य : जय नेपाल इन्टरनेशनल फाउण्डेशन
पेन्सिल्भेनिया । जय नेपाल इन्टरनेशनल फाउन्डेशनका अध्यक्ष डा. यादव पण्डितले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।
सर्वोच्च अदालतले बुधबार गैर आवासीय नेपाली संघ एनआरएनएका सम्बन्धमा गरेको फैसलाको स्वागत गर्दै त्यही म्यान्डेट अनुसार अघि बढ्न पनि अध्यक्ष पण्डीतले सबैलाई आग्रह गरेका हुन् ।
एक विज्ञप्ति निकालेर उनले सर्वोच्चको फैसलासँगै प्रवासमा बसने नेपालीहरुमा रहेको अन्यौलताको पनि अन्त्य गरेको उल्लेख गरेका छन् ।
सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र डा. नहकुल सुवेदीको इजलासले एनआरएनका अहिले समानान्तर गतिविधि गर्दै आएका सबै समूहलाई खारेज गर्दै एकताको अधिवेशन गर्न आदेश दिएको छ ।
अब एनआरएनए नयाँ शीराबाट अघि बढ्नु पर्ने अवस्थामा पुगेपछि अहिले यसको चौतर्फी स्वागत पनि भइरहेको छ ।
डा. यादव पण्डितले निकालेको विज्ञप्ति यस्तो छ ।