एनआरएनए : फैसलापछिको प्रतिक्रिया ‘तितामिठा कुरा विर्सिएर अघि बढौं’
काठमाडौं । गैर आवासीय नेपाली संघका अभियन्ताहरु कुल आचार्य र राजेन्द्र कुमार (आरके) शर्माले सर्वोच्चको फैसलालाई आत्मसाथ गर्दै अघि बढ्न आग्रह गरेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि विगतमा आफूहरुले गरेका नेतृत्वहरु पनि अवैध भएकोले २०७८ माघ १ को अवस्थामा संस्था पुगेकाले त्यहीबाट अघि बढ्नका लागि सबैलाई आग्रह पनि गरेका हुन् ।
त्यतिबेला सल्लाहकारको भूमिकामा रहेका आचार्यले अदालतको फैसालले एनआरएनलाई एकतावद्ध बनाउने सुनौलो अवसर आएको भन्दै त्यसका लागि सबैको पहलले सार्थक पाएको पनि बताए । साथै उनले विगतका तितामिठाहरुलाई विर्सिर सबै एक हुनका लागि अदालतले बाटो देखाएकाले सबै मिलेर अघि बढ्दै अहिले देखिएको समस्या समाधान हुने पनि बताए ।
यस्तै, पूर्व उपाध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले एनआरएनएको पवित्र अभियानलाई एक ठाउँमा उभ्याउनका लागि अदालतले आदेश दिएकाले त्यस अनुसार अघि बढ्नु पर्नेमा जोड दिए । आफूले अदालतको फैसलालाई सम्मान गर्दै आम विदेशमा बस्ने जनमानसको भावनालाई कदर गरेको महसुस गरेको बताए ।
विगतमा केही साथीहरुको नेतृत्वको होडवाजीको हठले गर्दा संस्था यस्तो अवस्थामा पुगेको कुरालाई मनन गर्दै आगामी दिनहरुमा ती गल्तीहरु नदोहोर्याएर एकताको मूल उद्देश्यतिर जानु पर्नेमा पनि शर्माले जोड दिए ।
सर्वोच्च अदालतको निर्णयले आगामी दिनहरुमा एनआरएनका सम्पूर्ण अग्रज अभियन्ता तथा पार्षदहरु एक ठाउँमा उभिएर समृद्ध नेपाल र नेपालीका लागि नेपाली भन्ने मूल नारालाई आत्मसाथ गरेर अघि बढ्ने सुनौलो मौका रुपमा लिएको बताए ।