सडक झगडाको उजुरी गर्दै न्यूयोर्कमा नयाँ मेयरले शुरु गरे कार्यभार
अमेरिका । न्यूयोर्क सीटीका नव निर्वाचित मेयर एरिक एडम्सले सडक झगडाबारे ९११ लाई उजुरी गर्दै कार्यकाल शुरु गरेका छन् ।
सार्वजनिक भिडियोमा शनिबार ब्रुकलिन स्टेशन बाहिर सडकमा दुई व्यक्ति आपसमा भिडिरहेका हुन्छन् । सोही दृश्य झ्यालबाट हेर्दै मेयर एडम्सले ९११ मा फोन गरि घटनाको विवरण टिपाउछन् । भिडियोमा एडम्सले आफूलाई मेयरको रूपमा पहिचान गर्न कलको अन्त्यसम्म पर्खनु परेको देखिन्छ ।
मेयर एडम्सका लागि यो काम पहिलो दिनको एक महत्वपूर्ण घटनापूर्ण भनेर टिप्पणी गरिएको छ ।
नयाँ वर्षको शुरुवात सँगै न्यूयोर्क शहरको टाइम स्क्वायरमा बल खसेपछि मध्यरातमा मेयर एडम्सले पद तथा गोपनियताको सपथ लिएका थिए ।
टाइम्स स्क्वायरमा राज्यको सर्वोच्च अदालतको पुनरावेदन विभागका सहयोगी न्यायमूर्ति सिल्भिया ओ. हिन्ड्स-रेडिक्स सँग एडम्सले शपथ खाएका थिए । सो अवसरमा उनको एक हातमा एउटा हातमा बाइबल र अर्को हातमा आमाको तस्वीर थियो । उनको आमाको सन् २०२० मा मृत्यु भएको थियो ।

















