अमेरिकामा गित गाउँदा गाउदै कुटिए राजेश पायल राई, आयोजकको गम्भिर लापरवाही
अमेरिका । चर्चित गायक राजेशपायल राई माथि न्यूयोर्कमा कार्यक्रम प्रस्तुति दिदै गर्दा हातपात भएको छ ।
नयाँ बर्षको उपलक्ष्यमा बुद्द ट्याक्सले आयोजना गरेको सास्कृतिक कार्यक्रममा राईले गाउदै गर्दा पछाडि आएका एक व्यक्ति उनलाई न्याकेको देखिन्छ । सामाजिक सञ्चालमा सार्वजिक भिडियोमा केहीबेरको रश्काकस्सी पछि राई सो व्यक्तिबाट फुत्किएको देखिन्छ ।
कार्यक्रममा सहभागिका अनुसार ति व्यक्ति पासाङ्ग दावा दोर्जे हुन् । ति व्यक्तिले किन गायक राई माथि त्यस्तो व्यवहार गरे खुलाईको छैन । आयोजक बुद्द ट्याक्सका पशुपति श्रेष्ठले घटना समान्य भएको बताए ।
शुरुमा घटना बारेमा केही बोल्दिन भनेका श्रेष्ठले समाचार नै नलेख्ने आग्रह गरेका थिए । राष्ट्रिय स्तरको कलाकार सहभागि कार्यक्रममा सामान्य व्यक्ति स्टेजमा कसरी जान सक्यो यो त आयोजकको कमजोरी होइन भन्ने प्रश्नमा उनले घटना सामान्य भएको र मिलिसकेको बताए ।
कार्यक्रममा सहभागिका अनुसार घटना पछि आयोजकले पासाङ्ग भन्ने ब्यक्ति राईको डाइहार्ट फ्यान भएको, अत्तेजनामा आएर यस्तो गरेको भन्दै घटना समासुम पार्न खोजिएको थियो ।
गायक राई स्वयमले पनि ‘अगाडिबाट आए ज्वालामुखी पनि पचाउछु जस्तो लाग्छ, पछाडिबाट आएको अंगालो पनि मिठै लाग्छ’ भनेर प्रतिक्रिया दिएका थिए ।
‘राजेशपायल राई न कहिल्यै हार्न जान्दछ न कहिल्यै भाग्न जान्दछ, किनकी राजेश पायल राई त्यो देशको माटोले जन्माएको हो जुन देशको माटो छुन पनि स्वर्ग पुगे जस्तो छ । त्यो हो बुद्दको देश र सगरमाथाको देश’ भन्दै समर्थकलाई शान्त पार्ने प्रयास गरेका थिए ।
नयाँ बर्षको दिन रिस राग त्याग्न आग्रह गर्दै राईले भनेका छन् ‘टिकटकमा भाइरल हुनका लागि त्यस्तो गर्नु भएको होइन होला. भाइरल हुने चिज धिनौना हो उहाँले सोचेर सोचेर आफै आत्महत्या गर्नु हुन्छ जस्तो लाग्छ ।’
यसै बीच घटना पछि राईले आफ्नो फेसबुक पेजमा भिडियो सहित स्टटास पोष्ट गरेका छन् । उनले ‘धन्यवाद न्यूयोर्क तपाइहरुको आसिर्बाद ले नै म भर्खर गित गाउन जान्ने हुँदैछु ..बल पाउ है !! मेरो गितै छ नि फैलियो माया दुबो सरि कहिलै घटेन दुबो न घ्ट्छ न मरछ .. सिर्फ फैलन्छ ।’
तपाइहरुको आसिर्बाद ले नै म भर्खर गित गाउन जान्ने हुँदैछु .. आसिष पाउ है !

















