अमेरिकामा गायक राजेशपायल राई माथि भएको कुटपिटको चौतर्फी भत्सना
अराजकता बढ्नेमा सर्वधारणको चिन्ता
अमेरिका । चर्चित गायक राजेशपायल राई माथि शनिवार राति न्यूयोर्कमा भएको कुटपिट घटना प्रति विभिन्न संघ संस्था तथा व्यक्तिहरुले भत्सना गरेका छन् । आयोजकले भने घटना सामान्य भएको बताउदै आएको छ ।
नयाँ बर्षको उपलक्षमा आयोजित साँस्कृतिक कार्यक्रममा गाउँदै गर्दा एक व्यक्तिले स्टेजमै पुगेर गायक राजेशपायललाई पछाडिबाट न्याकेका थिए । केही सेकेण्डको घम्साघम्सी पछि अन्य केही व्यक्तिको सहयोगमा गायक राजेशपायल ति व्यक्तिबाट फुत्किएका थिए ।
सो साँस्कृतिक कार्यक्रम रहेका अर्काका गायक राजेन्द्र राईले शनिवार दिउसो नै सामाजिक सञ्जालमा आयोजकको कमजोरिका कारण घटना भएको स्टाटस लेखेका थिए । राजेशपायललाई ती व्यक्तिले पछाडिबाट अंगालो हालेर लडाउन खेजे पछि राजेन्द्र छुट्याउन पुगेको भिडियोमा देखिन्छ ।

नेपाली अमेरिकन कलाकार संघले शनिवार साँझ विज्ञप्ति जारी गर्दै गायक माथि आक्रमण गर्ने व्यक्तिलाई कानुनी कारवाहीको माग गरेको छ । कार्यक्रममा सहभागिहरुका अनुसार गायकमाथि आक्रमण गर्ने व्यक्ति न्यूयोर्क ज्याक्सन हाइट बस्ने पासाङ्ग दावा दोर्जे हुन् । आयोजकले दोर्जे गायकको प्रशंशक भएको र आवेशमा अंगालो हाल्न पुगेको भन्दै घटनालाई उचाल्न नपर्ने बताउदै आएका छन् ।
समाज टाइम्स सँगको कुराकानीमा आयोजक बुद्द ट्याक्सका पशुपति श्रेष्ठले घटना सामान्य भएको र मिलिसकेको बताएका थिए । तर साँझ कलाकार संघद्वारा जारी विज्ञप्तिमा सो घटना एक संगित कर्मीका लागि मात्र नभएर समग्र संगित क्षेत्रमाथिको आक्रमण भन्दै सम्वन्धित व्यक्तिलाई कारवाहीको पहल गर्न आयोजकलाई आह्वान गरेको छ ।
संघकी अध्यक्ष निशा सुनारद्वार जारी विज्ञप्तिमा कलाकार माथि हातपात गरि कुटपिट र निन्दनीय कार्यगर्ने जोसुकै भए पनि कानुनी कारवाहीको माग गरेको छ ।

यस्तै आदिवासी जनजाति साहित्यकार समुह अमेरिकाले पनि विज्ञप्ति जारी गर्दै घटनालाई निन्दनीय भनेको छ । आयोजकको सुरक्षा कमजोरीका कारण घटना भएको भन्दै घटनामा संलग्नलाई फ्यान भनेर छोड्दा नेपाली संगित क्षेत्रलाई नै हल्का लिएको हुने चिन्ता जाहेर गरेको छ । समुहका संयोजक मणी बाङदेलद्वारा जारी विज्ञप्तिमा,’आयोजकले घटनाबारे माफि माग्नु पर्छ नत्र घटना नियोजित हमला हो भनेर बुझिने छ ।’ भनिएको छ ।
गायक राजेशपायलले भने थप प्रतक्रिया दिएका छैनन् । घटना पछि कार्यक्रमलाई निरन्तरता दिने क्रममा आफु आक्रमणले नढराउने बताएका थिए ।
आम सर्वधारणले यस्ता घटनाले भविश्यमा नेपालीले आयोजना गर्ने कार्यक्रममा अराजकता बढ्ने भन्दै आक्रमणकारीलाई कारवाहीको माग गरेका छन् ।
अमेरिकामा गित गाउँदा गाउदै कुटिए राजेश पायल राई, आयोजकको गम्भिर लापरवाही

















