आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँछ ।
खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ ।
टी-२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।
नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा र आकास चन्द रहेका छन् ।








