‘पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आगामी संस्करणमा एनआरएनएका खेलाडीले भाग लिन्छन्’
पोखरा/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनसीसी) (केसी समूह) का अध्यक्ष डा. बद्री केसीले आगामी वर्ष देखी पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एनआरएनएले पनि भाग लिने बताएका छन्।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार सम्पन्न १८ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको समापन समारोहमा अध्यक्ष केसीले सो जानकारी गराएका हुन्। उनले पोखरा म्याराथनमा ८७ देशमा बस्ने नेपालीहरूले समेत अपनत्व लिएको भन्दै खुसी व्यक्त गरे।
केसीका अनुसार पोखरा म्याराथनलाई एनआरएनएले सात लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ र यो सहयोग कम्तीमा आगामी तीन वर्ष कायम रहने छ।
पोखरा म्याराथनमा ३१ विदेशीसहित कुल एक सय आठ धावकले भाग लिएका थिए।















