अमेरिकी स्टक एक्सजेन्समा सूचीकृत हुँदै फ्युज मसिन
पेन्सिल्भेनिया । आर्टिफिसियल इन्टेलिजेन्स एआईको क्षेत्रमा खोज तथा अनुसन्धान गरिरहेका वैज्ञानिक डा. समीर मास्केको कम्पनी फ्युज मसिन इंक अमेरिकी इलेक्ट्रोनिक स्टक एक्सचेन्ज स्टक नास्डकमा सूचीकृत हुने भएको छ ।
सन् २०१३ मा संयुक्त राज्य अमेरिकास्थित न्यू योर्कमा स्थापना भई हाल नेपाल, क्यानडा, ल्याटिन अमेरिका, डोमिनिकन रिपब्लिक लगायतका मुलुकमा विस्तार भएको यो कम्पनीले नास्डकमा सूचीकृत हुने लक्ष्यसहित हालै सीएसएलएम एक्विजिसन कोर्पसँग मर्जर सम्झौता गरेको हो ।
सम्झौतापछि संयुक्त कम्पनीको मूल्य २०० मिलियन अमेरिकी डलर हुने बताइएको छ । यसका लागि सीएसएलएमले फ्युज मसिनमा चालू पुँजी प्रयोजनका लागि १९।४४ मिलियन डलर लगानी गर्ने बताइएको छ ।
डा. मास्केले सीएसएलएम एक्विजिसन कोर्पसँग व्यापार संयोजनका लागि सम्झौता गरेको जानकारी दिँदै २०२४ को दोस्रो त्रैमासभित्र ुफ्युजु टिकर सिम्बोल अन्तर्गत नास्डकमा सूचीकृत भई पब्लिक कम्पनी बन्ने अपेक्षा गरेको बताएका छन् ।
याेसँगै पहिलाे पटक नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधि कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुनेछ ।














