न्यु ह्याम्पशायरको पहिलो प्राइमरी सम्पन्न, जीओपीमा ट्रम्पको फेरी अर्को जित सुनिश्चित

न्यु ह्याम्पशायर / भर्खरै सम्पन्न अमेरिकाको पहिलो प्राइमरीमा ग्रण्ड ओल्ड पार्टी (जीओपी) अर्थात् रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जित नजिक छन् । ट्रम्पले आफ्नै पार्टीका राष्ट्रपतिका उम्मेदवार निकी हेली लाई पराजित गर्ने निश्चित छ ।
हेली साउथ क्यारोलाइनाकी पूर्व गभर्नर हुन । भर्खरै सम्पन्न न्यु ह्याम्पशायर प्राइमरीमा ट्रम्पले कम्तीमा ५३ प्रतिशत मत प्राप्त गर्दै विजेता बन्दा हेली ले ४७ प्रतिशत मात्र मत प्राप्त गर्ने अनुमान न्यु योर्क टाइम्स ले २७ प्रतिशत मत गणना हुँदा गरिसकेको छ । यो समाचार तयार पार्दा सम्म न्यु ह्याम्पशायरको १७ डेलिगेट्सको छिनोफानो हुँदा ट्रम्पले ११ तथा हेली ले ६ डेलिगेट्स जितेका छन् ।
न्यु ह्याम्पशायरमा जीओपीको जम्मा २२ डेलिगेट्स छन् । राष्ट्रपतिको उम्मेदवार बन्न जीओपी उम्मेदवार ले कम्तीमा १ हजार २ सय १५ डेलिगेट्स जित्नु पर्ने हुन्छ ।
यस अघि जनावरी १५ का दिन आयोवा मा सम्पन्न जीओपीको पहिलो ककस पनि पूर्व राष्ट्रपति ट्रम्पले नै जितेका थिए । आयोवामा रिपब्लिकनको कुल ४० डेलिगेट्स मध्ये ट्रम्पले सबै भन्दा बढी २० डेलिगेट्स जितेका थिए। निकी हेली ले आयोवा ककसमा ८ डेलिगेट्स जित्दै तेस्रो भएकी थिइन । त्यसो त, ९ डेलिगेट्स जितेका फ्लोरिडाका गभर्नर डी सान्टिस् र ३ डेलिगेट्स जितेका विवेक ले भने राष्ट्रपतिको उम्मेदवारी बाट आफ्नो नाम फिर्ता लिई सेकेका छन् ।
जीओपीमा अव पूर्व राष्ट्रपति ट्रम्प र पूर्व गभर्नर हेली बिच प्रतिस्पर्धा छ । न्यु न्यु ह्याम्पशायर प्राइमरीका सन्दर्भमा मिडिया सँग कुरा गर्दै राष्ट्रपतिकी उम्मेदवार हेलीले न्यु ह्याम्पशायर प्राइमरी को नतिजा आफ्नो पक्षमा नआए पनि राष्ट्रपतिको उम्मेदवारको दौडबाट आफू पछि नहट्ने बताएकी छिन् ।
निकी हेलीको लागी आफ्नै गृह राज्यको प्राइमरीको नतिजा ले उनको भविष्य तय गर्ने अनुमान गर्न सकिन्छ । साउथ क्यारोलाइनामा फेब्रुअरी २६ मा प्राइमरी हुदैछ । उता पूर्व राष्ट्रपति ट्रम्पका लागि भने जीओपीको तर्फ बाट आसन्न आम निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार बन्ने मार्ग निकै सहज देखिन्छ ।
राष्ट्रपतिका आकाङ्क्षी त्रय डि. सान्टिस्, आर. विवेक, र टी. स्काट तीन जानले आफ्नो उम्मेदवारी फिर्ता लिँदै ट्रम्पलाई समर्थन गरी सकेका छन् । अव अर्को प्राइमरी नेभेडामा फेब्रुअरी ६ गते हुने छ ।