संस्कृति मन्त्री किराँतीको अभिब्यक्तिको चौतर्फी विरोध

काठमाडौं । नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको ‘बिबादस्पद अभिब्यक्ति’ लाइ लिएर काठमाडौंमा बिरोध प्रदर्शन गरिने भएको छ ।
‘क्रिश्चियन नमान्ने संबिधान बिरोधी हुन’ भन्ने मन्त्री किराँतीले दिएकाे अभिब्यक्तिको बिरोध गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गर्न लागिएको हो ।
विरोध सभाका एक आयाेजक तथा संगत संस्कृतिका संयाेजक पुष्पराज पुरूषका अनुसार सो बिरोध सभा बिहिबार पशुपति विकास कोषको कार्यालय, गौशाला अगाडी आयोजना हुनेछ । उनका अनुसार पुष ५ गते दिनको ठिक २ बजे देखि सो बिरोधसभा सुरू हुनेछ ।
सो बिरोधसभाका लागि नारा पनि तय गरिएको उनले जानकारी दिएका छन । जसअनुसार सो बिरोध सभामा ‘सुदन किराँती–राजिनामा दे’, ‘पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर– बन्द गर, बन्द गर’, ‘धर्म निरपेक्ष मुर्दावाद– मुर्दावाद मुर्दावाद, ‘सनातन हिन्दु राष्ट्र कायम गर– कायम गर ,कायम गर,’ जस्ता नाराहरू तय गरिएको छ ।
यसैगरी, संसदीय समिति बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको विवादास्पद अभिव्यक्तिको विरोध भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किराँतीको ‘क्रिश्चियन धर्मको विरोध गर्नु भनेको संविधानको विरोध गर्नु हो भन्दै विरोध गर्नेलाई हतकडी लगाउने’ विवादास्पद अभिव्यक्तिको विरोध भएको हो ।
सांसद धवलशमशेर राणाले मन्त्री किराँतीको विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिए ।
सांसद राणाले मन्त्री किराँतीले द्वन्द्व मच्चाउने अभिव्यक्ति दिएको भन्दै माफी माग्नु पर्ने र सरकारले पनि स्पष्टीकरण सोध्नुपर्ने बताए ।
मन्त्री किराँती सहभागी बैठकमा सांसद राणाले भने, ‘द्वन्द्व मच्चाउने अभिव्यक्ति दिनुभएको छ । यसमा तपाईंले माफी माग्नुपर्ने हो । सरकारले तपाईंलाई के स्पष्टिकरण गर्नुपर्ने हो यो गर्नुहोला ।’
के भनेका थिए त मन्त्री किराँतीले ?