गायक प्रकाश सपुतको बाल्टिमोरको फ्यामेली किचेनमा ‘तिहार विशेष’

मेरील्याण्ड/ तेस्रो पटक अमेरिका भ्रमणमा रहेका गायक प्रकाश सपुतले मेरील्याण्डको बाल्टिमोर सहरमा तिहारको उपलक्षमा विशेष प्रस्तुति दिने भएका छन्।
बाल्टिमोरको पेरिहल झोपा रोडमा रहेको फ्यामेली किचेनले यसको जमर्को गरेको हो।
फ्यामेली किचेनका सञ्चालक मध्येका एक निर थापाका अनुसार नोभेम्बर १२ तारिख आइतबार साँझ आठ बजे देखि प्रकाशको प्रस्तुति रहने छ। थापाका अनुसार तिहार विशेष कार्यक्रम भने साँझ पाँच बजे देखि नै सुरु हुने छ।
‘प्रकाशजीको अगाडी बाल्टिमोरमा रहेका स्थानीय कलाकारले पनि तिहार विशेषमा प्रस्तुति दिने छन्।’समाज टाइम्स सँग थापाले भने,’तिहार लक्षित कार्यक्रम भएकाले देउसी भैलो हुने छ।’
कार्यक्रममा सहभागी हुन ३५ डलरको टिकट खरिद गर्नु पर्ने छ, तर सहभागीलाई डिनरको व्यवस्था गरिएको छ।
सञ्चालक थापाका अनुसार कार्यक्रमबाट बचेको रकम मध्येबाट जाजरकोट भूकम्प पीडितलाई पनि सहयोग गरिने छ।