राष्ट्रपति चढेको हेलिकप्टरबाट भूकम्प पिडीतलाई काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चढेको हेलिकप्टरबाट भूकम्प पिडीतको उद्दार गरिएको छ । मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका राष्ट्रपतिले काठमाडौं फर्कँदा जाजरकोटको नगलगाड गाउँपालिकाका वीरवहादुर पुनलाई थप उपचारका लागि काठमाडौं ल्याएका हुन् ।
सुर्खेतमा उपचार गराएका उनलाई थप उपचारका लागि राष्ट्रपति चढेकै हेलिकप्टरबाट काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ । मंगलबार दिनभर नै भूकम्प प्रभावित क्षेत्रको अबलोकन गरेका राष्ट्रपतिले स्थानीयसँग पनि कुराकानी गरेका थिए ।
त्यसपछि आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भूकम्प पीडितको राहत वितरणका लागि उनीहरुको सही तथ्यांक लिन र वास्तविक पीडित ठगिने अवस्था नआओस भनेर सचेत हुन आग्रह गरे ।
क्षतिको जानकारी लिँदै जनप्रतिनिधि तथा स्थानीय प्रशासनलाई उक्त विषयमा सचेत रहन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।