हल नपाएर सरेको महासमिति बैठक, भूकम्पले फेरि सर्यो
काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठक पुनः सारिएको छ । मंसिर २९ गतेदेखि गर्ने भनिएको महासमिति बैठक पुस १६ गतेदेखि गर्ने गरी मिति साारिएको हो ।
मंगलबार सानेपास्थित पार्टी कार्यालयामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ गतेका लागि सारिएको जानकारी दिए ।
यसअघि मंसिर १३ देखि १६ मा गर्ने निर्णय गरिएको थियो । तयारी नपुगेको र महासमिति बैठकका लागि हल (स्थान) नपाइएको कारण देखाउँदै मंसिर २९ देखि पुस २ सम्म गर्नेगरी तोकिएको थियो । कांग्रेसले भृकुटी मण्डपमा महासमिति बैठक आयोजना गर्ने तयारी गरेको थियो ।
तर, मंगलबार पत्रकार सम्मेलन गरेर जाजरकोट लगायतका जिल्लामा गएको भूकम्पका कारण देखाउँदै कांग्रेसले महासमिति बैठक पुस १६ गतेका लागि सारेको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।