काभा भलिबलमा नेपालको जित
कोलम्बो । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–२ को सेटमा जित दर्ता गरेको हो ।
श्रीलंकामा जारी प्रतियोगितामा आज अफगानिस्तानलाई पहिलो सेट जिते पनि लगातार २ सेट गुमाएको थियो । तर, अन्तिमका २ सेट लगातार जित्दै नेपालले पुनरागमन जित निकाल्न सफल भयो ।
पहिलो सेटमा नेपाल २५–१९ ले विजयी भएको थियो । तर, दोस्रो सेटमा अफगानिस्तान २५–१९ ले विजयी भए पछि सेट १–१ को अवस्थमा आएको थियो । तेस्रो सेटमा पनि अफगानिस्तानले २५–२२ ले बाजी मार्दा नेपाल १–२ ले पछि परेको थियो ।
त्यसपछि चौथो सेट नेपालले २५–२१ ले आफ्नो पक्षमा पारेपछि अन्तिम सेटसम्म खेल पुग्यो । अन्तिम सेट नेपालले १५–१० लृे आफ्नो पक्षमा पारेपछि खेल नेपालले ३–२ ले जित्न सफल भयो ।














