श्रीलंकासँग भलिबलमा नेपाल पराजित
कोलम्बो । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल आज आयोजक श्रीलंकासँग पराजित भएको छ ।
आज भएको खेलमा श्रीलङ्काले नेपाललाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले हिजो भएको खेलमा बंगलादेशलाई ३-१ ले र श्रीलंकाले साउदी अरबलाई ३-० ले हराएको थियो ।
श्रीलंकाले नेपाललाई २६-२४,२५-१८ र २५-१६ ले स्तब्ध बनायो ।
नेपालले तेस्रो खेलमा भोलि अफगानिस्तानसँग खेल्नेछ । त्यस्तै नेपालले असोज २६ गते साउदी अरबसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।
राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई वटा टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।



















