तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसारपसार: अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित ‘बासँग विद्यार्थी ’कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
२०७४ सालदेखि तस्करलाई नेपाली नागरिकता दिएर सुन ओसार पसार को तयारी गरिएको आरोप लगाउँदै ओलीले सरकारले विमानस्थलबाट सुनको तस्करी गर्न केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर हल्ला गरेको बताएका हुन् ।
उनले भने, ‘तस्कर र भ्रष्टाचारीको बिगबिगी छ, साढे नौ किलो सुन फेला पर्यो, हराउँदै फेला पर्दै । कस्तो तमासा होला । एउटा तस्करलाई नेपाली नागरिकता २०७४ सालदेखि दिएर सुन ओसार पसार को तयारी रहेछ । अस्ति केपी ओलीले पशुपतिमा सुनको जलहरी भनेर पित्तलको चढायो भनेर एउटा सांसदले संसद्मा बोले । किन रहेछ भनेको संसद्मा जलहरीको कुरा हल्ला गर्ने र विमानस्थलबाट सुनको तस्करी क्विन्टलका क्विन्टल गर्ने धन्दा रहेछ ।’
उनले सरकारले छिमेकी देशसँग सम्बन्ध बिगारेर अविश्वसनीय अवस्था पैदा गरेको आरोप लगाउँदै भने, ‘छिमेकी देशसँग सम्बन्ध बिग्रेको छ । अविश्वसनीय बनेको छ । विकासतर्फ ध्यान गएको छैन विकास ठप्प छ ।’