फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख ठगी गर्ने एक जना पक्राउ
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई अहिले काठमाडौँको सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
गुरुङले रानाभाटलाई फ्रान्समा होटेलमा काम लगाइदिने र महिनाको एक लाख रुपैयाँभन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारेका थिए। गुरुङले फ्रान्स जान १७ लाख रुपैयाँ लाग्ने भन्दै पीडितबाट पटक पटक गरेर १४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीन भएका गुरुङलाई आज आइतबार सुकेधाराबाट पक्राउ गरेको हो।
पक्राउ परेका गुरुङलाई थप अनुसन्धानका तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।








