काठमाडौँ दुई दिन गाडी चलाउन नपाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिका काठमाडौंबासीले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्वलाई मध्यनजर गर्दै केही स्थानमा सडक आवतजावतमा प्रतिबन्ध लगाएको छ ।
महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बिहीबार र शुक्रवार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गर्ने गरेको हो ।
काठमाडौँ महानगरका अनुसार असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमान ढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश रोक लगाएको छ ।काठमाडौँका साथै देश भरी बिहीबार गाईजात्रा र शुक्रवार गुँलागा दुतिया मनाउने छ ।
