देशभित्रै विद्युत अभाव छ, बेचेका छौँ भन्नु निरर्थक : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, देशले नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरीरहेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को विचार गोष्ठी कार्यक्रममा उनले देशमा माग अनुसारको आपूर्ति गर्न नसकेको अवस्थामा नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरिरहेको भन्दै उर्जा बेचेउ भन्ने कुरा निरर्थक भएको तर्क गरे ।
उनले भने, ‘अहिलेको अबस्था विद्युत निर्यात गरिरहेका छौँ भने हाम्रो माग अनुसारको आपूर्ति गर्न सकेका छैनौँ । नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरीरहेका छौं किनकी थूप्रै उद्योगहरुले विद्युत पाएका छैनन् । आवश्यक अनुसारको पाउनु पर्ने पाएका छैनन् । त्यस अनुसारको माध्यम नभएर पनि पाएका छैनौं । यस्तो अवस्थामा हामीले उर्जा बेचेउ भन्ने कुरा निरर्थक छ । धेरै नोक्सान सहेर बेचेका छौं ।’
नेपाल विद्युत प्राधिकरण ३६ अर्ब ६७ करोड नाफामा
उनले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको केहि छलफल नगरी गएर खुर्केट कर्णाली सुम्पिएर आएको आरोप लगाए ।
उनले भने,‘प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको के के छ योजना केही भन्नुभएन केहि छलफल नगरी खुर्केट कर्णाली सुम्पिएर आउँनु भयो ।’
उनले विद्युत प्रयोग जो कोहिले पनि गर्न पाउँने तर नियन्त्रण आफ्नो देशको हुनुपर्ने धारणा राखे ।