शर्मा पक्राउबारे सभामुखबाट जानकारी लिएपछि मात्रै कांग्रेसले धारणा सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसले सांसद सुनिल शर्मा पक्राउबारे सभामुखको पत्रपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ ।
बिहीबार बसेको संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले किन पक्राउ गरिएको हो भन्ने जानकारी लिइरहेको भन्दै सभामुखबाट औपचारिक जानकारी प्राप्त भएपछि मात्रै पार्टीको धारणा सार्वजनिक गरिने बताए।
उनले भने, ‘के विषयमा केका लागि किन पक्राउ गरेका भन्ने कुराको हामी जानकारी लिईराखेका छौं । केका लागि किन पक्राउ गरेको थाहा लागेपछि यो बारेमा आफ्नो धारणा सार्वजनिक गछौं।’
उनले सभामुखबाट जानकारी लिएपछि पार्टीले आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्ने बताए । भोली बस्ने संसदीय दलको बैठकका एजेन्डा तय गर्न आजको कार्यसमितिको बैठक बसेको हो ।
संसदीय दलको बैठक भोली १ बजे बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने उनले जानकारी दिए ।