फिलाडेल्लफियामा नेपाली महोत्सव: फुटबल देखि नेपाली खाना र हस्तकला सम्म
पेन्सिलभेनिया, अमेरिका / पेन्सिलभेनियाको ठुलो मध्येको सहर फिलाडेल्फियामा नेपाली महोत्सव हुने भएको छ। पेन्सिलभेनिया नेपाली गुठी (पीएनजीए) को सहयोगमा एभरेस्ट एफसीले महोत्सवको आयोजना गर्न लागेको हो।
‘फिल्लि नेपाली फेस्ट’ नाम दिइएको महोत्सव अगस्ट १२ तारिक शनिवार वाइएफसी स्पोर्टस कम्पेल्कसमा हुने छ।
आयोजक संस्थाका एक सदस्य सखिल नेपालका अनुसार महोत्सवमा फुटबलमा पुरुष तर्फका १६ टिमले भाग लिने छन्। ‘१५ टिमले दर्ता गरी सके अब एक टिमको कोटा मात्र बाँकी छ।’ समाज टाइम्स सँग सखिल भने।
उनका अनुसार सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने छ। ‘बिहान नौ बजे खेल सुरु हुने छ। साँझ पाँच बजे हामी सबै खेल सकाउँछौ।’ सखिलले भने।
यस्तै एउटा टिमले कम्तीमा तीन खेल खेल्नु पर्ने छ। एक टिमबाट आठ खेलाडी मैदानमा रहेने छन्। हरेक खेल २८ मिनेटको हुने छ।
रहेक समूहको विजेताले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको विजेताले ६ हजार र उप विजेताले तीन हजार अमेरिकी डलर पुरस्कार पाउने छन्। इन्ट्री फी आठ सय डलर तोकिएको छ।
प्रतियोगितामा पेन्सिलभेनियाको ६ टिमले भाग लिने छन्। ह्यारिसबर्गबाट पाँच टिम मैदानमा उत्रने छन्। आयोजक एभरेस्ट एफसीले फिलाडेल्फियाको प्रतिनिधित्व गर्ने छ।
यस्तै भर्जिनिया र न्यु योर्कबाट तीन-तीन टिम फिलाडेल्फिया आउने छन्। वासिङ्टन डिसी, ओहायो र न्युह्यामसरका एक एम टिमले पनि प्रतियोगितामा चुनौती पस्कने छन्।
महोत्सवको अर्को आकर्षण नेपाली खाना रहेको छ। सखिलका अनुसार मम, छोयला, फुरन दाना, आलुको अचार लगायतका खानाको स्टल रहने छ।
यसै गरी नेपाली हस्तकला उत्पादनका स्टल पनि महोत्सवमा राखिने छ। ‘फुटबलको माध्यमबाट नेपाली समाजलाई जोड्ने हो। त्यहाँ गेम मात्र होइन नेपाली खाना र नेपाली घरेलु हस्तकताका उत्पादन पनि राखिने छ।’ सखिलले भने।


















