एनआरएनए अमेरिका : पदाधिकारीमा टेक्ससको वर्चस्व

पेन्सिलभेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकालका लागि भएको निर्वाचनमा विजयी पदाधिकारीमा टेक्सस हाबी भएको छ।
आइतबार बिहान सार्वजनिक निर्वाचन नतिजा अनुसार अध्यक्ष सहित आठ जना पदाधिकारी टेक्ससबाट निर्वाचित भएका छन्। एनआरएनए अमेरिकामा पदाधिकारीको सङ्ख्या १५ रहेको छ।
अध्यक्षमा निर्वाचित डा. अर्जुन बन्जाडे लामो समय देखि टेक्सस बस्दै आएका हुन्। यद्पी पछिल्लो समय उनले मेरील्याण्डलाई पनि आफ्नो वासस्थान बनाएका छन्।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित विकास उप्रेती पनि टेक्ससकै हुन्। खुल्ला उपाध्यक्षमा निर्वाचित भानु खरेल र नेत्र पाण्डे पनि टेक्ससकै हुन्। महासचिवमा विजेता रामहरि अधिकारी पनि पछिल्लो समय टेक्सस सरेका छन्। उनी लामो समय न्यु योर्कमा बसेका थिए। कोभिडको महामारी पछि उनले टेक्सस बसाइ सरेका हुन्।
कोषाध्यक्षमा विजयी सरोज सिग्देल पनि टेक्ससका हुन्। सह कोषाध्यक्ष दिवाकर पाण्डे पनि पछिल्लो समय टेक्ससमा व्यवसाय गर्दै आएका छन्।
युवा कोअडिनेटर तेज पौडेल पनि टेक्सस बासिन्दा हुन। लामो समय क्यालिफोर्निया बसेका उनी केही वर्ष अगाडि मात्र टेक्सस बसाई सरेका हुन्।
बोर्ड अफ डाइरेक्टर विजयी मोहन अन्सारी टेक्ससका हुन्। आइसिसी सदस्यमा विजयी गोविन्द कुवर श्रेष्ठ, पदम ठकुराठी र टङ्क रेग्मी पनि टेक्ससका बासिन्दा हुन्।
र यो पनि…
१७ घण्टा पछि डिलु पराजुलीले दिए डा. अर्जुन बञ्जाडेलाई बधाई
July 25, 2023 @ 12:21 am
[…] […]
एनआरएनए अमेरिका निर्वाचन: सबै भन्दा धेरै मत ल्याउने उम्मेदवार
July 26, 2023 @ 9:17 pm
[…] […]