सांसद रञ्जु झाको व्यङ्ग : समितिका सभापति चयन नभएसम्म बैठक बस्न बन्द गरौँ

काठमाडौँ । संसदीय समितिहरू लामो समयदेखि नेतृत्वविहीन बन्दा त्यसले पारेको प्रभावलाई लिएर सांसदहरूले नै कडा टिप्पणी गर्न थालेका छन् ।
शुक्रवार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा जनता समाजवादी पार्टीकी सांसद रञ्जु झाले सभापति चयन नहुँदासम्म समितिको बैठक नै बस्न बन्द गर्नुपर्ने व्यङ्ग कसिन् ।
उनले संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिमा उठेका कुराको अपनत्व हुन नसकेको धारणा समेत राखिन् ।
उनले भनिन् ‘समितिको सभापति चयन नभएर धेरै समस्या भयो, किन ढिलो भयो? हाम्रा पूर्व सभामुखलाई थाहा होला, समिति सभापति नभएसम्म बैठक बन्द गर्दिऊँ, लिगेसी भएन, हामीले सभापतिलाई भन्थ्यौँ ।
सभामुखले कार्य तालिका ननिकाल्ने हो भने समिति आफैँले सभापति चयनको प्रक्रिया थाल्नुपर्ने उनको भनाइ छ ।
यस्तै, धारणा काँग्रेसका सांसद सुनिल शर्माले समितिको सभापति कसले बनाउने नै थाहा नभएको बताए ।
उनले भने ‘ हामी संसद्मा आउँछौँ, समितिको सभापति कसले बनाउँछ थाहा छैन! हामी असक्षम भएजस्तो देखियौँ, त्यसैले एउटा समय तोकेर सभापति चयन गरौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले पनि समितिको सभापति चयनमा पहल थाल्न ढिला भइसकेको र सभापतिको लागि पहल गर्नु पर्ने बताएकी छन् ।