रोबिनको मृत्यु शङ्कास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान

काठमाडौँ । गायक तथा कलाकार रोबिन तामाङको आकस्मिक निधनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शङ्कास्पद नदेखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा गरेको अनुसन्धानले उनको मृत्यु हृदयाघातका कारण भएको प्रारम्भिक निष्कर्षमा देखिएको प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दले बताए ।
तर पोस्टमार्टम रिपोट नआई यसै भन्न नसकिने उनको भनाई छ ।
मङ्गलवार साँझ ६ बजे रबिनको परिवारजनको फोन नउठाएको भन्दै प्रहरीमा सूचना आए लगत्तै चन्द नेतृत्वको एक टोली उनको घर पुगेको थियो । रोबिनको चार वर्ष पहिल्यै डिभोर्स भएको र उनी एक्लै बस्दै आएकाले उनको मृत्युबारे तत्काल केही भन्न नसक्ने बुढानीलकण्ठ नगरपालिकाका नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।
प्रहरीका अनुसार गायकको शव भेटिँदा उनको कोठाको ढोका भित्रबाट लक गरिएको थियो । प्रहरीले रोबिनलाई कोठामा देखेपछि ढोकाको लक फोरेर उनलाई अस्पताल लगेको हो । तर, उनको शरीर घटनास्थलमै चिसो भैसकेको प्रहरी निरीक्षक दीपेन्द्र चन्दले बताए।
उनले भने, ‘हामी घटनास्थल पुग्दा उनी अचेत अवस्थामा थिए, उनको शरीर चिसो भैसकेको थियो । र पनि हामीले बचाउने प्रयासमा अस्पताल पुर्याएका हौँ । घटनास्थलमा शङ्कास्पद कुरा केही देखिएन । प्रारम्भिक अनुसन्धानमा डाउट गर्ने ठाउँ छैन,बाँकी पोस्टमार्टम रिपोर्ट आएपछि नै भन्न सकिन्छ ।’
रोबिनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीले जानकारी दिएको छ । गायक तामाङको मुगलान एल्बम निकै रुचाइएको मध्येको एक हो । उनले दर्जनौँ गीतमा आफ्नो स्वर दिएका त छन् नै ‘छड्के’ चलचित्रमा समेत अभिनय गरेका थिए ।
रोबिनको मृत्यु शङ्कास्पद नदेखिएको प्रहरीको प्रारम्भिक अनुमान
काठमाडौँ । गायक तथा कलाकार रोबिन तामाङको आकस्मिक निधनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको मृत्युबारे प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु शङ्कास्पद नदेखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा गरेको अनुसन्धानले उनको मृत्यु हृदयाघातका कारण भएको प्रारम्भिक निष्कर्षमा देखिएको प्रहरी प्रभाग बुढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दले बताए ।
तर पोस्टमार्टम रिपोट नआई यसै भन्न नसकिने उनको भनाई छ ।
मङ्गलवार साँझ ६ बजे रबिनको परिवारजनको फोन नउठाएको भन्दै प्रहरीमा सूचना आए लगत्तै चन्द नेतृत्वको एक टोली उनको घर पुगेको थियो ।