स्वास्थ्य क्षेत्रका हजारौं दक्ष जनशक्तिको भविष्यमाथि राज्यले खेलबाड गर्यो : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राज्यले स्वास्थ्य क्षेत्रका हजारौ दक्ष जनशक्तिको भविष्यमाथि खेलवाड गरेको दावी गरेका छन् ।
सोमवार वीर अस्पतालले लिएको नयाँ नर्सहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले लामो समयदेखि ठूलो संख्यामा नियूक्ति गर्न नसकेर हजारौ दक्ष जनशक्तिको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए ।
उनले भने,‘ स्टाफ नर्सहरुको महत्व स्वास्थ्य क्षेत्रमा निकैनै महत्वपूर्ण छ । सरकारले लामो समयदेखि यसरी ठूलो सङख्यामा नियूक्ति गर्न सकेको अवस्था छैन् । देशमा दक्ष जनशक्ति हजारौको सङख्यामा खेलवाड भएको अवस्था छ । वेरोजगार भएर बसेको अवस्था छ ।’
उनले दुःख गरेर पढेर पनि निजी अस्पतालमा ८ .१० हजारमा काम गर्नुपरेको अवस्थामा राज्यले दरबन्दी बढाएर चाहिने दक्ष जनशक्तिलाई ठीक ठाउँमा प्रयोग गर्न नसकेको गुनासो पोखे ।
उनले भने,दुःख गरेर यत्रो वर्ष पढेर । तपाईहरुले निजी अस्पतालमा ८ हजार १० हजारमा काम गर्नुपरेको छ, राज्यले यसको बारेमा जे गर्नु पर्ने हो त्यो गरेको छैन् । दरबन्दी बढाएर चाहिने दक्ष जनशत्तिलाई ठीक ठाउँमा प्रयोग गर्न सकेको छैन् ।’