साप्ताहिक राशिफलः– (२०८० असार १७ गते देखि असार २३ गते सम्म)
काठमाडौं ।
मेष राशिः (चु,चे, चो, ला, लि, लु, ले, लो, अ)
बुद्धिको उपयोगले चुनौतीहरूलाई पन्छाउन सफल भइनेछ। प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। नयाँ काम तथा सीप सिक्ने अवसर प्राप्त हुनेछ। साताको उत्तरार्द्धमा पुरुषार्थले कीर्तिमानी दिलाउन सक्छ। गहिरो अध्ययनले पनि समस्या समाधान हुनेछ।
वृष राशिः (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
उपहारमा पाएको वस्तु हराउने वा नष्ट हुने सम्भावना छ। स्वास्थ्य कमजोर हुनाले यात्रामा समस्या आउन सक्छ। मंगलवारपछि स्थितिमा सुधार आउनेछ र भाग्यले साथ दिनेछ। विशिष्ट व्यक्तिको साथ–सहयोग पाइनेछ। मिहिनेत गर्दा कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। व्यापार–व्यवसायमा पनि उत्साह बढ्नेछ।
मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापारमा राम्रो आम्दानी हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। प्रयत्न गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। रमाइलो शैक्षिक भ्रमण हुन सक्छ। आतिथ्यपूर्ण सम्मान र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मंगलवारपछि स्वास्थ्य कमजोर रहनेछ र आम्दानी घट्नेछ। आँटेका काममा बाधा हुनेछ भने अप्ठ्यारो समयमा एक्लो भइनेछ।
कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
केही विवादास्पद काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। आफ्नो अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। पुरुषार्थी कामले उचाइमा पुर्याउनेछ।
सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरानो हिसाबकिताब सुल्झाउन समय लागे पनि नयाँ काम गर्ने बाटो खुल्नेछ। अध्ययनमा रुचि बढ्नुका साथै जेहेन्दार विद्यार्थीहरूको सपना पूरा हुने समय छ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। अनुभव र पराक्रम देखाएर उपलब्धि हातपार्ने समय छ।
कन्या राशिः (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरू टाढिने र प्रतिस्पर्धीहरू जाग्ने सम्भावना छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्। तापनि मिहिनेतले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ र सावधानीले जोखिम टर्नेछ। अध्ययनमा प्रगति हुनाले सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। रोकिएका काम गर्न सकिनेछ। सप्ताहान्तमा भने केही समस्यासँग जुध्नुपर्ला।
तुला राशिः (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा सुरुको प्रयत्नले साताभरि फाइदा दिलाउनेछ। साताभरि केही उल्झन भने आइरहनेछन्। तापनि बुद्धिले काम लिन सकिनेछ। मंगलवारसम्म काममा अरूको भर नपर्नुहोला। सहयोगीहरूले समेत प्रतिस्पर्धीको स्वार्थमा काम गर्न सक्छन्, सजग रहनुहोला। बुधवारदेखि सानातिना उल्झन र घरेलु समस्या आउन सक्छन्।
वृश्चिक राशिः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आँटले जटिल काम समेत सम्पादन गर्न सकिनेछ। तर साताभरि विवादास्पद जिम्मेवारी आउनाले केही आलोचित बन्नुपर्ने देखिन्छ। समय–समयमा आफ्नैबाट पनि धोका हुनेछ, विशेष योजना सार्वजनिक नगर्नुहोला। मंगलवार र बुधवार स्थिति अनुकूल बन्नाले सहयोगी जुटाउन सकिनेछ। रोकिएको काम बन्नेछ भने आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
धनु राशिः (ये, यो, भा, भि, भु धा, फा, ढा, भे)
साताको प्रारम्भमा खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि काम गर्ने अवसर प्राप्त हुनेछ। खानपानको असावधानीले मंगलवारसम्म स्वास्थ्य समस्या देखापर्न सक्छ। गलत निर्णयले उपलब्धि जोगाउन मुस्किल पर्नेछ। पुरानो विवाद सुल्झाउने प्रयत्न गर्नुहोला।
मकर राशिः (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सुरुमा काम बन्नाले आम्दानी बढ्नेछ। तर लगत्तै खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जोहो गर्नुपर्ला। तापनि पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। मंगलवारपछि रमाइलो भेटघाटले काममा उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।
कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। बीचमा खर्चिलो काम आँट्नाले धेरै रकम जोहो गर्नुपर्ने देखिन्छ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्।
मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्त र साथीभाइबाट काममा सहयोग मिल्नेछ। प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। पछिसम्म फाइदा हुने काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा खर्चिलो कामको योजना अघि बढ्नेछ।