12
काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक आज दिउँसो २ बजे सिंहदरवारस्थित संसदीय समितिमा बस्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट लगायतका विषयमाथि छलफल हुने छ ।